News Portal

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी ?

रातोपोस्ट संवाददाता
५६६ पटक

काठमाडौं, ११ बैशाख । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा केही रकम धरौटीबापत राख्नुपर्नेछ ।स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम उल्लेख छ । निर्वाचन आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा सो व्यवस्थाअनुसार उम्मेदवारसँग धरौटीबापतको रकम लिनेछ । सो रकम उम्मेदवार दर्ताको शुल्क भने होइन ।

नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । यस्तै, वडाध्यक्ष पदका लागि १ हजार रूपैयाँ र वडा सदस्य पदका लागि उम्मेदवारको मनोनयन दर्ता गराउँदा ५ सय रूपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।तर, धरौटी रकममा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिले ५० प्रतिशत धरौटीबापतको रकम छुट पाउने व्यवस्था छ ।

निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्नेछ । तर, धरौटी रकम फिर्ता लिन कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेछ । १० प्रतिशत मत नपाउने उम्मेदवारको भने धरौटी रकम फिर्ता हुनेछैन । त्यस्तो धरौटीबापत जम्मा भएको रकम आयोगको सञ्चित कोषमा दाखिला हुने छ ।

प्रतिकृया दिनुहोस्