News Portal

नेकपा एकीकृत समाजवादी र माओवादीबीच रामेछापमा तालमेल

रातोपोस्ट संवाददाता
८८२ पटक

रामेछाप, १२ बैशाख । नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएपछि रामेछापमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले आंशिक पालिकामा चुनावी तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच जिल्लाका ८ मध्ये ४ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता देवशंकर पौडेलका अनुसार रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा चुनावी गठबन्धन भएको छ ।

सहमतिअनुसार गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिका नेकपा एकीकृत समाजवादी र रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । अन्य पालिकामा चुनावी तालमेल भइसकेको छैन । ‘हामी छलफलमै छौं टुंगो लागेको छैन,’ पौडेलले भने ।

प्रतिकृया दिनुहोस्