रातोपोस्ट संवाददाता
काठमाडौं, १८ बैशाख । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिले गठबन्धन नभएका स्थानमा पनि मिलेर चुनाव लड्न निर्देशन दिने निर्णय गरेको छ ।
पाँचदलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएकाहरुसँग पनि मिलेर चुनाव लड्न आ–आफ्ना दलको मातहतका निकायहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले पाँचदलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएका, फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनुरुप कार्य गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको हो ।
साथै बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै सक्रियतापुर्वक जिम्मेवारी पुरा गर्ने निर्णय पनि गरेको छ ।