News Portal

संकटमा नेकपा : विप्लवद्वारा दुई केन्द्रीय सदस्यलाई कारबाही

रातोपोस्ट संवाददाता
३५२ पटक

काठमाडाै‌, २२ बैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ । केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रकाण्डले बताएका छन्। पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको हो। यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।

केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष ईश्वरी दाहालको नेतृत्वमा वली र बास्तोला पक्षले बुधबार चितवनमा भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए। उनीहरूले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी तथा क्रान्तिलाई धोका दिएको आरोप लगाएका थिए।

प्रतिकृया दिनुहोस्