रातोपोस्ट संवाददाता
झापा, २४ बैशाख । भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु बैशाख ३० गते राती १२ बजेसम्मलाई बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार बैशाख २७ गते राती १२ बजेदेखि नाका बन्द हुने छ ।