झापा, ३१ बैशाख । मेचीनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । वडा नं. १ को मतगणना जारी हुँदा नगरप्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वारहरुले अग्रता लिनु भएको हो ।
२२८ मत गणना भइसक्दा एमालेका प्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले ९७ मत प्राप्त गरे भने उपप्रमुखका उम्मेद्वार मिना उप्रेतीले १ सय मत प्राप्त गरेकि छिन ।
त्यस्तै काँग्रेसका प्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले ८८ मत प्राप्त गर्दा राप्रपाका रमेश दाहालले १८ मत प्राप्त गरेका छन । त्यसैगरी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारीले ४८ र राप्रपाका उपप्रमुखका उम्मेद्वार सविना बजगाईले ३२ मत प्राप्त गरेका छन ।
त्यस्तै वडा नं. १ को वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकुमार राईले ९९ र काँग्रेसका उम्मेद्वार हेमलाल चम्लागाईले ८९ मत प्राप्त गरेका छन भने राप्रपाका वडा अध्यक्षका उम्मेद्वार सुर्य बहादुर राईले १८ मत प्राप्त गरेका छन ।