झापा, ११ जेठ । नेकपा माओवादी केन्द्रले झापामा रगत अभाव कम गर्नकाे लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । झापामा रगत अभाव भएको खबर आएकोले रगतको अभाव हुन नदिन रक्दान कार्यक्रम आयोजना गरिएकाे माओवादी केन्द्रका शिबसताक्षी- २ का वडा अध्यक्ष तथा नवनिर्वाचित वडाअध्यक्ष भिम नेम्वाङले जानकारी दिए ।
बुधबार शिबसताक्षी- २ स्थित मंगलबारे बजारमा माओवादी केन्द्रको आयोजना तथा नेपाल रेडक्रस दमकको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ५ महिलासहित ७५ जनाले सो अबसरमा रगतदान गरेका थिए ।
‘हामीले संविधानले ५ बर्षमा पाएको मतदानको अधिकार प्रयोग गरिसक्यो’ माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले भने ‘साथीहरू निर्वाचनको कारण थकित नै थिए, तर रक्त अभावको खबर थाहा भएपछि कार्यक्रमको आयोजना गरेका हौं ।’ कार्यक्रममा नगर अध्यक्ष महेन्द्र भट्टराई उपाध्यक्ष प्रेम याम्फु राई वाइसिएल प्रदेश सदस्य भुवन राई, नगरका प्रशासकिय प्रमुख प्रकाश चौधरी, दिपेस राई, प्रेस क्लब शिवसताक्षीका अध्यक्ष सेलिङ केसी लगायतको उपस्थित थियो ।