News Portal

एन्फा निर्वाचन- नेम्बाङ समूहको उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
३९० पटक

काठमाडौं, ११ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी पंकजबिक्रम नेम्बाङको प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि नेम्बाङले अध्यक्षमा उम्मेदवारी दिएकोमा आज उपाध्यक्ष र सदस्यका लागि उम्मेदवारी दर्ता गराइएको हो।कर्माछिरिङ शेर्पा समूहको प्यानलले पनि यसअघि नै उम्मेदवारी दिइसकेको छ।

एन्फा निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र २ महिला सदस्य गरी २१ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ। निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ गरी ८७ भोटर हुनेछन्।

नेम्बाङ प्यानल
अध्यक्ष – पंकजबिक्रम नेम्बाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्षहरू – विराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दरनरसिंह जोशी
सदस्यहरू – रविन्द्र चन्द, भोजराज शाही, अनिल मल्ल, पुरूषोत्तम थापा, प्रवीण सुवाल,महेन्द्र क्षेत्री, विजय घले, नेपाल कार्की, तपेश्वर राउत, विकास नारायण श्रेष्ठ, निरोज खड्गी, दीपेन्द्र धिमाल, मानदेव हजारा

शेर्पा प्यानल
अध्यक्ष- कर्माछिरिङ शेर्पा
वरिष्ठ उपाध्यक्ष– शिक्षित पराजुली
उपाध्यक्षहरू– उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठ
सदस्यहरू – दीपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुढा थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट, मनिष जोशी २ महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ, विन्द्रा देवान र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिकृया दिनुहोस्