News Portal

प्रादेशिक पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित

रातोपोस्ट संवाददाता
३६४ पटक

विराटनगर, २० जेठ । प्रादेशिक पत्रकारिता पुरस्कार-२०७९ बाट चार पत्रकार पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत हुनेमा झापाका पत्रकार लीला बराल, सुनसरीका कृष्णविनोद लम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र सञ्जय सन्तोषी राई छन् ।

उनीहरुलाई जनही रु एक लाख राशिको पुरस्कार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

उक्त अवसरमा प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, प्रमुख सचिव डा.रामप्रसाद घिमिरे, नेपाल पत्रकार महासङ्घ प्रदेश सभापति लीलाबल्लभ घिमिरे, पुरस्कृत पत्रकार सञ्जय सन्तोषी राई लगायतले आ-आफना धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्