रातोपोस्ट संवाददाता
बंगलादेश, २२ जेठ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै विस्फोटमा परेर ४५० जना घाइते भएका छन् ।
कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको हो । तर विस्फोटको कारण भने खुल्न सकेको छैन् ।
गोदाममा भएको विस्फोटपछि सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते हुनेमा गोदामका कर्मचारीका साथै दमकलकर्मी र प्रहरीसमेत छन् ।