News Portal

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

रातोपोस्ट संवाददाता
३५२ पटक

काठमाडौं, २२ जेठ । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ। च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ।

जी–२ र्‍याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ।प्रतियोगितामा विभिन्‍न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छ। च्याम्पियनसिपका लागि एक सयभन्दा बढी विदेशी निर्णायकसमेत नेपाल आउने छन्। च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्‍ने अनुमान गरिएको छ।

वर्ल्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो। कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो।

प्रतिकृया दिनुहोस्