News Portal

हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो

रातोपोस्ट संवाददाता
४३३ पटक

काठमाडौं, २३ जेठ । नेपालमा लोकप्रिय एप हाम्रो पात्रोबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ।एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना आघि मात्रै यो सुबिधा प्रयोगकर्तामाझ सुचारु गरेको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्रै १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।

सो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु हो, उनले भने । त्यसै गरि ‘इन्स्ट्यांन्ट ट्रान्सफरू सुबिधा चाडै आउने शंकर उप्रेतीले बताए। जस अन्तर्गत पैंसा पठाएको केहि समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ।

हाम्रो पात्रोले गत वर्षनै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

प्रतिकृया दिनुहोस्