रातोपोस्ट संवाददाता
काठमाडौँ, २३ जेठ । नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगले केसी र भट्टविरुद्ध सोमबार विशेष अदालतमा जरिवाना र सजाय दाबी मुद्दा दर्ता गरेको हो ।अभियुक्तद्वयले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोग आयोगको छ । आयोगले दुवैलाई २०७८ चैत २२ मा घुससहित नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार, अनुसन्धानका सिलसिलामा नापी कार्यालय चावहिलका सर्भेक्षक केसी र अमिन भट्टको मिलेमतोमा जग्गा हाल साविकका क्रममा सेवाग्राहीसँग घूस पुष्टि भएको छ ।