News Portal

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले दियो प्रशिक्षण

रातोपोस्ट संवाददाता
५०४ पटक

काठमाडौं, २६ जेठ । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ ।

पार्टीको निर्वाचन सम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा एमालेले प्रशिक्षण दिएको हो ।

बुढानिलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौंका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्