News Portal

प्रेमीको घरमा पसेर श्रीमती र छोरीमाथि कुटपिट

रातोपोस्ट संवाददाता
२६८ पटक

काठमाडाैँ, ३१ जेठ । प्रहरीले महिला र बालिका कुटपिट आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान घरभित्रै पसेर एक महिला र उनकी छोरीलाई कुटपिट गरेपछि राज्यमन्त्री वलीलाई प्रहरीे नियन्त्रणमा लिएको हो ।

दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर मन्त्री वलीले श्रीमती मीना र उनकी छोरीमाथि हातपात गरेकी थिइन् । घरभित्रै घुसेर मीना र उनकी छोरीमाथि हातपात गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । प्रहरी घटनास्थल पुग्दासम्म स्थानीयले वलीलाई बस्नेतको घरमै थुनेर राखेका थिए । अहिले राज्यमन्त्री वलीलाई तुलसीपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । उनी घरमा एकराज भने भेटिएनन् ।

घटनाको विषयमा एकराजकी श्रीमती मीनाले भनिन्, ‘बिहानै गेटमा आएर हल्लाउँदै गेट खोल् भन्दै चिच्याइन्, मैले ढोका खोले । भित्र आउनासाथ मेरो एकराज खोइ भन्दै कोठाको पर्दाहरू तानेर फालिदिई । मैले किनिदिएको लुगा हो भन्दै मिल्काइदिई, मेरो लुगा पनि च्यातिदिई । अर्को कोठामा गएर स्कुल जान तयार भएकी मेरी छोरीलाई पनि हानिछे । एकराज मेरो पोइ हो भन्दै चिच्याएकी थिए ।’

प्रतिकृया दिनुहोस्