News Portal

झापाको दोमुखामा ब्राउन सुगरको कारोबार गर्ने पाँच जना पक्राउ

रातोपोस्ट संवाददाता
३३१ पटक

झापा, १२ असार । झापाको शिवसताक्षी नगरपालिका- १० स्थित दोमुखामा प्रतिबन्धित लागु औषध ब्राउन सुगर र नगदसहित पाँच जना पक्राउ परेका छन् । दोमुखामा ब्राउन सुगरको किनबेच भइरहेको विशेष सूचनाको आधारमा आइतबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेहरूमा इलाम जिल्ला माई नगरपालिका ८ का २५ वर्षीय सुजेन्द्र राई, झापा कनकाई नगरपालिका ३ का ४३ वर्षीय वेणु प्रसाद चिमरिया र कनकाई ४ का ३२ वर्षीय हेम नारायण चौधरी रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १७ ग्राम ब्राउन सुगर, नगद ८८ हजार ५ सय रुपैयाँ, दुई थान मोबाइल र तीन थान मोटरसाइकल बरामद गरेको छ ।

त्यस्तै सोही स्थानमा लागु औषध खरिद गर्न आएका दमक नगरपालिका १० का २८ वर्षीय सुजन राई र दमक ९ का २५ वर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका छन् । पक्राउ परेका पाँचैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्