News Portal

नागरिकको विवरण संकलन कार्य प्रभावकारी बनाऔं: गृहमन्त्री खाण

रातोपोस्ट संवाददाता
३११ पटक

काठमाडाैँ, १८ असार । गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिए।गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे।

उनले भने, ‘ज्येष्ठ नागरिक, दलित, अपाङ, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत उच्च जोखिममा रहनसक्ने समूहलाई लक्षित गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै सही नागरिकको विवरण संकलनमा ध्यान दिनुपर्छ।’विभागले व्यक्तिगत घटना दर्ताका साथै सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ।

प्रतिकृया दिनुहोस्