रातोपोस्ट संवाददाता
जनकपुरधाम, २१ असार । धनुषामा सशस्त्र प्रहरीले ८३ लाखको आलुको बोरा फेला पारेको छ।धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वाबाट सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आलुको बोराभित्र ८३ लाख ६४ हजार ५ सय रूपैयाँ नगद बरामद गरेको हो।
सशस्त्रले फेला पारेको उक्त रकमको स्रोत नखुलेकाले सो नगदसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्रले जानकारी दियो।
उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।