News Portal

वैवाहिक बर्षगाँठमा विरामीलाई सहयोग

रातोपोस्ट संवाददाता
६०४ पटक

मेचीनगर, २६ असार । झापा मेचीनगर- ६ का होटल व्यवसायी सजित तामाङ्ग र बिमला तामाङ्गको आइतवार २३ औा वैवाहिक वर्षगाँठ थियो । यो अवसरलाई उनीहरुले फरक ढंगले मनाए । वर्षगााठको मौकामा उनीहरुले अनावश्यक रुपमा पैसा फुर्मास गरेन, वरु उपचार नपाएर वर्षौदेखि छटपटाइरहेका विपन्नलाई सहयोग गरे ।

मेचीनगर- ६ की मुटु रोगी ४४ वर्षीय लक्ष्मी खनाल र मेचीनगर १२ का व्लड क्यान्सर विरामी राजकुमार विश्वकर्मालाई तामाङ दम्पती उपचार खर्चवापत नगद ७५/७५ हजार रुपैयाा उपलव्ध गराए, त्यो पनि विरामीको घरै पुगेर । लायन्स क्लव मेचीनगरका सेक्रेटरी समेत रहेका युवा समाजसेवा व्यक्तित्व तामाङले ती विरामीहरुलाई उदार मनले सहयोग गरेको देखेर लायन्स क्लव आवद्ध सहकर्मीहरु पनि छक्क परे । लायन्स क्लवका डिष्टिक गर्भरन धिरज गुरुङले भने,‘सजित जीले जुन ढंगको सहयोगको गर्ने साहस गर्नु भएको छ यो हामी लायन्सहरुका लागि प्ररेक छ ।’

विगत ५ वर्ष देखि मुटुरोगले थलिएकी लक्ष्मी र तीन वर्षदेखि व्लड क्यान्सर विरुद्ध जुधिरहेका राजकुमारका परिवारले पनि तामाङ दम्पतीको सहयोगी मनप्रति आभार प्रकट गरेका थिए । सोही अवसरमा प्यारालाइसिस रोगबाट थलिएकी मेचीनगर- १० की अनिता राजवंशीलाई १० हजार र मेचीनगर ५ का दीर्घरोगी शरदलाल धिमाललाई नगद २० हजार प्रदान गरिएको थियो । वैवाहिक वर्ष गाँठलाई मानवीय सेवामा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आफुले कुनै तामझाम नगरि सानो हामी भन्दा कमजोर आर्थीक अवस्थाका कारण स्वास्थ्य उपचारमा गर्न नसकेर थलिएका जनहरुलाई थोरै भए पनि राहत पुगोस भन्ने ध्येयका साथ सहयोग गरेको बिमला तामाङ्गले बताइन् ।

डिस्ट्रिक सेक्रेटरी लिला चिमरिया, भाईस डिस्ट्रिक गर्भनर नरनाथ सापकोटा, रिजन केयर परशन बाबरजङ्ग थापालगायतले लायन्स क्लब सदैव मानवीय सेवामा समर्पित हुने संस्था भएकाले समाजमा संस्था र संस्थामा आबद्ध सदस्यहरुले मानवीय सेवामा जुट्न आग्रह गरेका थिए । दुई विरामीलाई ७५/७५ हजार तामाङ दम्पत्तीले र तीस हजार लायन्स क्लबका सदस्यहरुबाट संकलन गरि प्रदान गरिएको भाईस प्रिसिडेन्ट नवराज प्रधानले बताए । मेचीनगर अध्यक्ष मोहन मैनालीको सभापतित्वमा भएको कार्यक्रममा प्रवीण थापाले स्वागत मन्तव्य राखेको थिए । लियो क्लवका सह सचिव अभिजित दवाडीको संचालन गरेका थिए ।

संस्थाले विभिन्न समयमा सामाजिक क्षेत्रमा अन्य सरोकारवाल निकायसाग समन्वय गरेर विविध सामाजिक कार्यहरु गर्दै आएको र आगमाी दिनमा समेत गर्दै जाने ईन्टर नेश्नल रिलेसन सिप चेयरमेन डम्बर खवासले बताए । कार्यक्रमा संस्थापक अध्यक्ष शंकर थापा,निर्वतमान अध्यक्ष शन्तोष आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्