News Portal

विमानस्थल पुगेका श्रीलंकाका पूर्व अर्थमन्त्रीलाई विदेश जान रोकियो

रातोपोस्ट संवाददाता
२५७ पटक

काठमाडौं,२८ असार । श्रीलंकामा प्रदर्शनकारीहरुले पूर्व अर्थमन्त्री बसेल राजापक्षेलाई विदेश उड्न रोक लगाएका छन् । उनी दुबई प्रस्थान गर्नका लागि विमानस्थल पुगेका थिए । तर यात्री प्रदर्शनकारीको विरोधका कारण अध्यागमन पार गर्न पाएनन् ।

देश आर्थिक संकटमा फसेपछि राष्ट्रपति गोटावायाको निर्देशनमा बसेलले गत अप्रिलमा राजीनामा दिएका थिए ।राष्ट्रपति गोटावाया तथा पूर्व राष्ट्रपति महिन्दा राजापक्षेका भाइ बसेलसँग श्रीलंका र अमेरिकाको दोहोरो नागरिकता रहेको आरोप छ । प्रदर्शनकारीहरुले राजपक्षे परिवारका सदस्यका साथै राजनीतिक दलका उच्च नेताहरुलाई विदेश जानबाट रोक्नका लागि विमानस्थलमा पनि चेकपोष्ट राखेर बसेका छन् ।

देश आर्थिक संटकमा फसेपछि आक्रोशित स्थानीयबासिन्दाले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन् । राष्ट्रपति भवन अहिले पनि प्रदर्शनकारीकै नियन्त्रणमा छ । राष्ट्रपति गोटावायाले बुधबार राजीनामा दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्