झापा, २८ असार । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ ।
बुद्धशान्ति-७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।उक्त दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका थिए ।बुद्धशान्ति-४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर-७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर-४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन् ।घाइते भएका उनीहरूमध्ये अटोचालक खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका-१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।