News Portal

रेणु यादवले छाडिन् जसपा

रातोपोस्ट संवाददाता
५०४ पटक

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट राजीनामा दिएकी छन् ।

उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’

प्रतिकृया दिनुहोस्