News Portal

निवर्तमान अर्थमन्त्री शर्माबारे छानबिन गर्ने संसदीय समितिको म्याद थपियो

रातोपोस्ट संवाददाता
२६६ पटक

काठमाडौं, ५ असार । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले म्याद थपको प्रस्ताव पेश गरेका थिए। प्रस्ताव सर्वसम्मतले पारित भएपछि समितिको म्याद ७ दिन थपिएको छ।

आजमात्रै समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग तीन घन्टा बयान लिएको थियो। असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो। समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेको थियो।

प्रतिकृया दिनुहोस्