News Portal

आन्दोलनरत ६ कम्युनिस्ट पार्टीद्वारा विरोधका कार्यक्रम घोषणा

रातोपोस्ट संवाददाता
४६६ पटक

काठमाडौं, १४ साउन । देशमा जारी बेथितिविरुद्ध आन्दोलनमा उत्रिएका साना ६ कम्युनिस्ट पार्टीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आन्दोलनको कार्यक्रममा जारी बेथितिविरुद्ध देशव्यापी विरोधदेखि राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु समावेश छन् । नागरिकता विधेयक रोक्न आग्रहको साथ उनीहरुले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

त्यसैगरी एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीति विपरित सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी, मलको अभावका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने मोर्चाको तयारी छ ।

उनीहरुले साउन २० गते काठमाडौंमा र साउन २६ गते इटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटबल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्जलगायत आवश्यकताअनुसार स्थानीय स्तरमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।

जारी विज्ञप्तिमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी, नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका शीर्ष नेताहरुको हस्ताक्षर रहेको छ ।

प्रतिकृया दिनुहोस्