झापा, २५ साउन । सम्भवतः नेपालमै पहिलो पटक सामुदायिक वनमा आधारित वृत्तचित्र बनेको छ । देशभरका वनहरू समुदायमा हस्तान्तरण भएसँगै गरेका प्रगतिको कथामा आधारित ‘हाम्रो जंगल’चलचित्रलाई वृत्तचित्रको रुपमा ल्याइएको हो । झापा र इलामको वनहरू छायाङ्कन गरिएको ‘हाम्रो जंगल’ नामक एक घण्टाको उक्त वृत्तचित्रको झापाको जामुनखाडी सिमसारमा बुधवार सार्वजनिक गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको प्रस्तुति र माइबेनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको उक्त वृत्तचित्र सातौँ वन दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ झापाद्वारा कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रममा वृक्षारोपणसहित वन नियमावली सम्बन्धी अन्तरक्रिया गरिएको थियो । ठुलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त चलचित्र सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा छायाङ्कन गरिएको छ । मेचीनगर निवासी निर्देशक केरुङले निर्देशन गरेको माझिदाई, आमाको काख, हामी शरणार्थी चलचित्र हिट भएका छन् ।
तिनै सफल निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्र बनाएका हुन् । सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए । ‘सामुदायिक वनहरू यहाँसम्म आइपुग्न उपभोक्ताको ठुलो हात छ,’ उनले भने, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु ।’
चलचित्रको मुख्य भूमिकामा कलाकारहरू सुभाष मेचे, समिता गिरी, सुरवीर पण्डित, पुकार भट्टराई र विपिन प्रसाईँ छन् । त्यस्तै, कृष्ण कोइराला, विक्रम श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ । निर्माता विस्मार्क लिम्बूका अनुसार वृत्तचित्रलाई देशभरका २२ हजार ४ सय सामुदायिक वनका उपभोक्ता समूह मार्फत उपभोक्तालाई देखाइनेछ । सो वृत्तचित्र बनाउने करिब ८० लाख रुपैयाँ खर्च लागेको उनले बताए ।
महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षता एवम् केन्द्रीय सदस्य सङ्गीता थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष प्रेम घिमिरेले गरेका थिए ।
सामुदायिक वनमा आधारित वृत्तचित्र ‘हाम्रो जंगल’ सार्वजनिक
रातोपोस्ट संवाददाता
- चारआली खानेपानीमा लाग्यो, चुनाव त्रिपक्षीय भिडन्तको सम्भावना
- मेचीनगरको सातपाखेमा भोलि सांगीतिक धमाका
- केर्खा पब्लिक स्कूलमा शिक्षक क्षमता विकास तथा मन्टेश्वरी तालिम शुरू
- काँकरभिट्टाका देशबहादुर
- ६ दलको एक आवाज : अबको आन्दोलन वार कि पार !
- व्यक्ति हुँदै टिस्टेटको नाममा पुगेको थियो सरकारी जग्गा, जहाँ चल्यो मेचीनगरको डोजर
- एउटा सपना छ: देशका लागि खेल्ने
- बिरिङ खोलामा छठ पूजाको तयारी पूरा
- बाहुनडाँगी जेसीजमा लाग्यो चुनाव
- चारआली खानेपानीको नतिजा: दुई ठूला दलको आवरण अस्वीकार्य