News Portal

मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

रातोपोस्ट संवाददाता
३७२ पटक

काठमाडौं, २७ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ । मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ । दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्