News Portal

युवा संघद्वारा फोहोर संकलन

रातोपोस्ट संवाददाता
५२१ पटक

काठमाडौँ, ३० साउन । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौँका विभिन्न स्थानमा फोहर संकलन गरेको छ । लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रूपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।

फोहर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर विसर्जन गर्ने स्थलसम्म पुर्‍याइने उनले बताए। उनले फोहर विसर्जनका विषयमा यसअघि पनि विवाद भए पनि यस पटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताए।

सत्तारुढ दलहरूले नै फोहर विसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सबै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाइ छ ।

प्रतिकृया दिनुहोस्