रातोपोस्ट संवाददाता
काठमाडौँ, ३ असाेज । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।
आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।
सोही अनुसार माओवादी केन्द्रले सोमबार आफ्ना समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको हो । महासचिव देव गुरुङसहितका माओवादी नेताहरू सोमबार अपराह्न कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।