News Portal

चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने

रातोपोस्ट संवाददाता
४८७ पटक

चितवन, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।

आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल कालिका नगरपालिका–२ मा उनले मतदातासामु भने, ‘किला गडिसक्यौं त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईहरुले जित्ने हो ।’

आफूले चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आएजसरी नै घरघरमा आउने लामिछानेले बताए ।

प्रतिकृया दिनुहोस्