कास्की, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्याङ्जाको जिल्ला भेला सम्पन्न गरेकाे छ । क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आज वालिङमा सम्पन्न भएकाे भेलाले दिनेश मल्लकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ । जिल्ला भेलाले सचिवमा दिपक क्षेत्री, कोषाध्यक्षमा रोशन परिमार चयन गरेकाे छ ।
भेलाले अन्य सदस्यहरुमा, प्रविन परियार, टेक बहादुर परियार, सिता बिक, सन्तोष बुढाथोकी र सानु बुढाथोकीलाई चयन गरेकाे छ । कार्यक्रममा जिल्ला भेलाकाे प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष बिनाेद थापाकाे रहेकाे थियाे । कार्यक्रममा विषेश अतिथिमा पार्टीका स्याङ्जा र कास्कीका ईन्चार्ज गाेकुल पराजुलीले गरेका थिए ।
भेलामा स्याङ्जाकाे पार्टिका संयाेजक सारदा शाह, महासंघका केन्द्रीय काेषाध्यक्ष ईश्वर बुढाथोकी, किसान महासंघका केन्द्रीय महासचिब सागर अर्याल, मिश्रा सिंजाली, सि बि बस्याललगायतको आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालक काजल सुनुवारले गरेकी थिइन् ।