रातोपोस्ट संवाददाता
काठमाडौं, ८ पुस । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको विजेता करण राई बनेका छन् । शुक्रबार साँझ भएको ग्रान्ड फिनालेमा राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।
करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेशकी सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदकी योगेश मगर सेकेन्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।