News Portal

सिके राउत पनि बालकोटमा

रातोपोस्ट संवाददाता
२३३ पटक

काठमाडौं, १० पुस । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत पनि पुगेका हुन्।

राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन्। यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपा बालकोट पुगिसकेका छन्।

नयाँ गठबन्धन निर्माणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपा नेता अशोक राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बालकोट पुगेका थिए। लिङ्देन र राई बैठकस्थलबाट बाहिरिएका छन्। उनीहरू पार्टीमा सल्लाह गर्न भन्दै बाहिरिएका हुन्।

प्रतिकृया दिनुहोस्