News Portal

राष्ट्रपतिमा सुवास नेम्वाङको नाम

रातोपोस्ट संवाददाता
२४० पटक

काठमाडौं, १० पुस । एमाले–माओवादी सहितका दल मिलेर सरकार गठन गर्ने सहमति भएसँगै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् ।

एमाले–माओवादीबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएसँगै पहिलो चरणमा प्रचण्ड र दोस्रो कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

पहिलो चरणमा प्रधानमन्त्री बन्ने भएपछि माओवादीको राष्ट्रपतिमा दाबी नहुने भएपछि एमालेले राष्ट्रपति पाउने निश्चित भएको छ । यद्यपि, प्रधानमन्त्रीमा सहमति जुटे पनि अन्य पद बाँडफाँटमा सहमति हुन बाँकी छ । तर, राष्ट्रपति भने एमालेले पाउने निश्चित देखिन्छ ।

राष्ट्रपति पाएको खण्डमा एमालेबाट को राष्ट्रपति बन्छन् ? भन्ने चासोको विषय बनेको छ । विभिन्न विकल्पमध्ये उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाम अगाडि सुनिन्छ ।

अध्यक्ष ओलीका विश्वासपात्र समेत रहेकाले नेम्वाङ नै राष्ट्रपति बन्ने चर्चा सुरु भएको छ । तर, सरकार गठन भएपछि मात्र एमालेले कसलाई राष्ट्रपति बनाउने भन्नेबारे निर्णय गर्नेछ ।

प्रतिकृया दिनुहोस्