News Portal

खुमलटारबाट बालुवाटार सरे प्रचण्ड

रातोपोस्ट संवाददाता
२५३ पटक

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् ।

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् ।

प्रतिकृया दिनुहोस्