रातोपोस्ट संवाददाता
काठमाडौं, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको छ।
बिहीबार बसेको एकीकृत समाजवादीको ४५ औं सचिवालय बैठकले महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल गरी चार सदस्य रहेको वाम एकतासम्बन्धी कार्यदल गठन गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए। एकीकृत समाजवादी दुई वर्षअघि नेकपा (एमाले)बाट अलग भएको हो।