News Portal

काँकरभिट्टामा आक्रोश : देशमै केहि गर्छु भन्नु अपराध हाे सरकार ?

रातोपोस्ट संवाददाता
३४२ पटक

झापा, १२ माघ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा घरकाँरडभिट्टामा प्रदर्शन गरिएको छ । ‘राज्यद्वारा गरिएको हत्या विरुद्ध क्रिएटिभ सि नेपाल ’ नामको ब्यानरमा गरिएको प्रदर्शनका क्रममा सरकारको आलोचना गरिएको थियो ।

भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, चिच्याएर बोलौं, दलाल व्यवस्थालाई ढाल्ने गरी बोलौं ?, जलेकाे दलेकाे व्यवस्था ? याे देश हाे कि बधशाला सरकार ?, मैले देशमा सपना देख्न पाउने कि नपाउने ?, खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत थिए ।

आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो भने मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफूलाई आगो लगाएका थिए ।

व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् भने राज्य संयन्त्रलाई पनि विभिन्न दोष लगाएका छन् ।

प्रतिकृया दिनुहोस्