News Portal

सरकारले लिटरमा ९ रुपैयाँ बढायो दूधको मूल्य

रातोपोस्ट संवाददाता
२३८ पटक

काठमाडौं, १९ फागुन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषद्‌मा पेश गरेपछि सरकारले मूल्य बढाएकाे हाे । मूल्यवृद्धि पछि किसानले बिक्री गर्ने दूधको मूल्य ५६ रुपैयाँबाट बढेर ६५ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्