झापा, २१ फागुन । नयाँ चाहना समुहको आयोजनामा अर्जुनधारास्थित वडा- १ मा बृहत आँखा शिविर सम्पन्न भएको छ । मेची नेत्रालय काँकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसन ( युएसए) को प्राविधिक सहयोग रहेको शिविरमा स्थानीय ६ सय २७ जनाले सेवा लिएको नयाँ चाहना समुहका अध्यक्ष सुरज शेर्पाले जानकारी दिए ।
उनका अनुसार अर्जुनधारा नगरपालिका वडा- १ को सोमबारे बजार सिस्नेमा भएको आँखा शिविरमा ६ सय २७ जनाको आँखा परिक्षण गरिएकोमा ३ सय ४२ जनालाई रिडिङ ग्लास उपलब्ध गराइएको थियो । उनीहरुलाई रिडिङ ग्लास हेल्पिङ हेन्ड्स हेल्थ एजुकेसनले निशुल्क रुपमा उपलब्ध गराएको थियो । सो आँखा शिविरबाट मोतिबिन्दु भएका ४२ जनाको आँखाको अपरेसनका लागि अस्पताल पठाइएको छ ।
आँखा शिविर कार्यक्रम संयाेजन गरिरहेका संस्थाका सचिब मदन राईका अनुसार ८ जनाको आँखाको अपरेसन गरिसकिएको छ भने बाकी सबैको निरन्तररूपमा अपरेसन गरिनेछ । नयाँ चाहना समूह झापाका युवाहरुद्वारा सञ्चालित सामाजिक संस्था हो । यसले विभिन्न रचनात्मक तथा सेवामुलक कार्य गरिरहेको छ ।
युवाहरूलाई सामाजिक सेवा मार्फत अगाडि बढाउन यो संस्थाले सक्रियतापुर्वक काम गरिरहेको छ । आँखा शिविरमा स्थानीय नमुना बजार ब्यवस्थापन समितिले सहयोग रहेकाे थियो । कार्यक्रममा अजुर्नधारा- १ का वडा अध्यक्ष उपेन्द्र बस्नेत, संस्थाका पुर्व अध्यक्ष सुनिल थापाहरु, रोजित गुरुङ, कनकाई क्याम्पस नेबिसंघ इकाई सभापति किरण गुरुङ, विद्यार्थी नेता पुकार न्याैपाने, संस्थाका सचिब मदन राईलगायतको उपस्थिति रहेको थियो ।