रातोपोस्ट संवाददाता
झापा, ४ बैशाख । नेपाल रेडक्रस साेसाईटी झापाका सभापति लाेकराज ढकाल ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्।
ढकाल लामो समयदेखि नेपाल रेडक्रस साेसाईटी क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्।
नेपाल रेडक्रस साेसाईटी क्षेत्रमा तीन दशक लामो अनुभव सँगालेका ढकाल रेडक्रस झापामा सभापति रहेका छन् । सामाजिक क्षेत्र तथा विभिन्न संघसंस्थामा सकृिय रहेका ढकाल जनताका विभिन्न समस्याहरुमा सेवा गर्दै आएका छन् । गत बैशाख १ गते सम्मानित राष्ट्रिपति पाैडेलबाट झापाका चार सहित ६ सय ४८ जनालाई प्रबल जनसेवा श्री’ सम्मान गरिएकाे थियाे । त्यसैगरी झापाबाट नेपाल रेडक्रस साेसाईटी झापा शाखाका सभापति ढकाल, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख शिवराम पाेखरेल, यदुनाथ दाहाल र प्रकाश सुवेदी रहेका छन् ।