News Portal

बारा–२ मा उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

रातोपोस्ट संवाददाता
१५९ पटक

काठमाडौं, १२ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८ सय ८ मत ल्याएका छन् ।

उनलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहले १५ हजार ४ सय ५८ मतका साथ पछ्याइ रहेका छन् । यस अघि पाँच हजार, चार हजार हुँदै कुशवाहले यादवसँगको मतान्तर तीन हजारमा झारेका हुन । अहिले यादव र कुशवाहको मतान्तर तीन हजार ३ सय ५० रहेको छ।

तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले पाँच हजार ५ सय ६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल दुई हजार २ सय ६८ मतका साथ चौंथो स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्