रातोपोस्ट संवाददाता
काठमाडाैं, २७ बैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई आज विहान उनकै निवास चाबहिलबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।