News Portal

मेचीनगरमा श्रृङ्गार सम्बन्धि तालिम सुरू

रातोपोस्ट संवाददाता
८३० पटक

मेचीनगर, ३१ जेठ । झापाको मेचीनगर नगरपालिका – ८ मा आजदेखि ७ दिने महिला सीप विकास तालिम सञ्चालन भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा बुधबारदेखि सुरू भएको शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिमको उद्घाटन मेचीनगर-८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका छन् ।

तालिमको उद्घाटन शत्रमा बोल्दै वडाध्यक्ष धमलाले हातमा सीप भए कोहि पनि बेरोजगार बस्नु नपर्ने बताएका छन् । उनले अहिले बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दै जाँदा वडाले महिलाहरूलाई दक्ष बनाउँन तालिमको आयोजना गरिएको बताए । साथै उनले यस अघि पुरूषहरूको लागि पनि इलेक्ट्रोनिक सम्बन्धि तालिमको आयोजना गरिएकाे बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य तथा लेखा समिती संयोजक कविता खनाल सार्की, कार्यपालिका सदस्य तथा मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, वडा सदस्यहरू कुन्दन निरौला, बिष्णु भट्टराई र मनकुमारी गिरी लगायतले शुभकामना मन्तव्य राख्दै सीप नभएर धेरै महिलाहरू अहिले पनि त्यसै घरमा बसिरहेका बताए । तर, यस्तो अवस्थामा उनीहरूलाई आवश्यक सीप मुलक तालिम दिन सके त्यसले पनि आत्मानिर्भर बन्न सहज हुने उनीहरूको भनाइ छ ।

थोरै लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ती निर्माण तथा श्रृङ्गार सम्बन्धि तालिम प्रशिक्षार्थीका लागि उपयुक्त रहेकाले सीप सिकेर आत्मानिर्भर बन्न सहयोग पुर्याउने बताए ।आस्था डेकोरेशन उद्योग मेचीनगर-८ ले दिने महिला सीप विकास तालिममा वडाको ३९ वटा टोलबाट एक एक जना महिलाहरूको सहभागीता रहेको मेचीनगर-८ कि वडासचिव पवित्रा सुब्बाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्