News Portal

नगरसभा तयारीका लागि मेचीनगरमा भोली सेवा बन्द

रातोपोस्ट संवाददाता
२०६ पटक

मेचीनगर, ७ असार । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ ।

मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले असार १० गते तेस्रो नगर सभाको बैठकको तयारी गरिरहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्