News Portal

कोशीमा जबेगु र सुनार बने मन्त्री

रातोपोस्ट संवाददाता
२०९ पटक

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज विहान प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।

थापाले आजै दुई जना मन्त्री नियुक्त गरेका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिएका छन् ।

सभामुख समेतको हस्ताक्षर गराएर बहुमत पुराएको भन्दै तिब्र आलोचना भइरहेको छ । संविधान विपरित सभामुखले हस्ताक्षर गरेको संविधानविदहरुले प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्