News Portal

बालक तान्छोकको उपचारका क्रममा मृत्यु

रातोपोस्ट संवाददाता
२०६ पटक

मेचीनगर, असार २६ । मेचीनगर–१० धुलाबारीस्थित मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भएका आठ बर्षीया बालकको अस्पतालमा मृत्यु भएको छ ।

धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर सख्त घाइते भएका मेचीनगर–१० का तान्छोक लिम्बुको उपचारका क्रममा भरखरै मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल मावोहाङले जानकारी दिए ।

उनका अनुसार बालकको मृत्यु भएपनि परिवारले शव बुझ्न मानेको छैन ।

प्रतिकृया दिनुहोस्