रातोपोस्ट संवाददाता
काठमाडाैं, २७ असार । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पार्टी कार्यालय पेरिसडाँडा पुर्याइएको छ । आज बिहान निधन भएकी दाहालको शव अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पेरिसडाँडामा उनको शव श्रद्धाञ्जलीका लागि दुई घण्टा राखिने छ । सचिवालयका अनुसार दिउँसो १ बजेसम्म उनको शव कार्यालयमा राखिने छ ।