News Portal

पेट्रोल र डिजेलको मूल्य बढ्दा ग्यास भने १३० रुपैयाँले घट्यो

रातोपोस्ट संवाददाता
२११ पटक

काठमाडौं, १७ साउन । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य बढाएको हो। पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको हाे।

अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७३ रुपैयाँमा बिक्री हुने छ । यसभन्दा अगाडि १६४ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएकाे थियाे। यस्तै, डिजेल १५३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुने छ । यसभन्दा अगाडि डिजेल १४६ रुपैयाँमा काराेबार हुँदै आएकाे थियाे।

यता ग्यासको मूल्य भने घटेकाे छ । निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर १३० रुपैयाँले मूल्य घटेको हाे । अब नयाँ मूल्य अनुसार १६ सय ६० रुपैयाँमा ग्यास उपलब्ध हुने छ । ग्यासको मूल्य हाल प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँमा काराेबार हुँदै आएकाे थियाे। घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेकाे छ।

प्रतिकृया दिनुहोस्