रातोपोस्ट संवाददाता
मेचीनगर, ३१ साउन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका इन्सपेक्टर (प्रहरी निरीक्षक) होमप्रसाद अधिकारी र धुलाबारीका अनिल मावोहाङको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन महाशाखाले एक सूचना निकाल्दै ९ सय ५८ इन्सपेक्टरको एकैपटक सरुवा गरिएको जनाएको छ ।
जसमा काँकरभिट्टामा रहेका इन्सपेक्टर अधिकारीको पनि सरुवा भएको उल्लेख छ । उनको जिल्ला प्रहरी कार्यालय धनकुटा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको उल्लेख छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज समेत रहेका इन्सपेक्टर अनिल मावोहाङको पनि सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रधान कार्यालय विशेष व्युरो सूचना विश्लेषण शाखामा सरुवा भएको जनाइएको छ ।