झापा, १ भदौ । झापा मेचीनगर-८ का ४३ बर्षिय पुरुष मृत भेटिएको घट्नाको गहिराइमा पुग्न शुक्ष्म अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । हिजो (विहिबार) पैनीको झाडी भित्र हत्या गरेर लुकाइएको जस्तो अवस्थामा स्थानीय ४३ बर्षिय सुन्दर किसानको शव भेटिएको थियो ।
शव भेटिएसँगै आवश्यक प्रक्रिया पुर्याइ पोष्टमार्टमका लागि विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । पोष्टमार्टम गरेर उक्त शव आज ल्याउने तयारी रहेको जनाइएको छ । प्रहरी अनुसन्धानकै क्रममा शंकास्पद ५–७ जनामाथी प्रहरीले सोधपुछ गरेको छ भने ४–५ जनाको बयान लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले रातोपोष्टलाई जानकारी दिए ।
उनका अनुसार आवश्यक बयान लिने क्रम पनि जारी छ भने टेक्निकल तवरबाट पनि अनुसन्धान भइरहेको छ । किसानको घाँटीमा गहिरो चोट लागेको तथा टाउको तथा शरिरमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो ।