News Portal

अग्रसेन महाराजको राजधानीबाट नेपाल आइपुग्यो रथयात्रा

रातोपोस्ट संवाददाता
२८३ पटक

मेचीनगर, १५ भदौ । संघिय संसदकी उपसभामुख इन्दिरा राना मगरले प्रत्येक महिला महालक्ष्मीका स्वरुप भएको बताएकी छिन् । आज काँकरभिट्टामा अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मी रथयात्राको उद्घाटन गर्दै उपसभामुख रानाले मानवीय सेवाका लागि पैसा होइन भावना चाहिने बतााइन् ।

महालक्ष्मीको प्रतिमासहित आएको रथयात्रालाई उपसभामुख रानाले काँकरभिट्टामा स्वागत गरेकी थिइन् । विश्वभरिका अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको रथयात्रा भारतको अग्रोहा धामबाट आज नेपाल आइपुगेको छ ।

भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको हो । रथयात्रा आज बिर्तामोड रात्री विश्राम गर्ने र भोलि धरान पुग्ने कार्यक्रम रहेको छ । भारत र भूटान हुँदै उक्त रथयात्रा विहान नेपाल प्रवेश गरेको रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले बताए । अग्रवाल समाज मेचीनगरले रथयात्रा आइपुगेको खुशीयालीमा उल्लास मनाएको छ । काँकरभिट्टामा रथयात्राको स्वागतार्थ कार्यक्रममा महाआरती एवम् पूजा समेत गरिएको छ ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, पत्रकार चन्द्र भण्डारी, सुरेशकुमार बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवालले उपसभामुख रानालाई विशेष सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता मेचीनगर संयोजक विजय डालमियाले गरेका थिए । कार्यक्रममा मारवाडी समुदायले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्